काल्पनिक विद्यालय भवन निर्माणमा झुट्टा र नक्कली कागजात तयार पारी भुक्तानी लिने चार जनाविरुद्व भ्रष्टाचार मुद्दा

विविध समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभिलेखमै नरहेको विद्यालयका नाममा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर भएको छ ।

डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो ।

अख्तियारको केन्द्री कार्यालय टंगालबाट खटिएको टोलीले गरेको अनुसन्धानका क्रममा उनीहरुले तत्कालीन समयमा काल्पनिक विद्यालयको उपभोक्ता समिति गठन गरी जस्ता–छानासहितको २ कोठे भवन निर्माणका नाममा झुट्टा र नक्कली कागजात तयार पारेर चेकमार्फत जिल्ला प्राविधिक कार्यालयबाट भुक्तानी समेत लिएको पाइएको उल्लेख गरेको छ ।

अनियमिततामा संलग्न चारै जनाविरुद्ध भ्रष्टचार निवारण ऐन २०५९ बमोजिम कैद र रकम असुल गर्न मागदाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *