यु-१६ इस्ट जोन कप क्रिकेट विजेता नेपाली टोलीलाई राष्ट्रपति पौडेलले दिए बधाई, खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको

राजनीति समाचार

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएकोमा बधाई दिँदै खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलताले नेपाल र नेपालीको इज्ज्त, प्रतिष्ठा बढाएको स्पष्ट पारेका थिए । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकिएमा देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *