काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा एक सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल इन्टरमोडलर विकास समितिले यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन रहेकोले कति गाडी थिए र क्षतिको विवरणबारे प्रारम्भिक अनुमान अनुसार एक सय भन्दा बढी गाडी बगेको अनुमान गरेको हो । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ ।
यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको मध्ये केही गाडीहरु राति नै सुरक्षित स्थानमा सारिएको जानकारी गराउँदै घटनास्थलमा क्षतिको विवरण संकलनमा सरकारसँग समन्वय भइरहेकोले त्यसपछि मात्र स्पष्ट पार्ने नेपाल इन्टरमोडलर विकास समितिले उल्लेख गरेको छ ।

