पैसा खाने आरजु, धरौटी राख्ने ज्वाइँ

राजनीति समाचार

काठमाडौं । केपी ओलीका विश्वास पात्र गोकुल बास्कोटाबाट सुरु भएको सेक्युरिटी प्रेस खरिद र टेरामुक्स प्रकरण एउटा गुमनाम अर्को चर्चामा किन आयो ? धेरैले त्यो कुरा खोजेकै छैनन् । मोहन बस्नेत चुनावी सरकारको समयमा सञ्चारमन्त्री थिए माओवादी र कांग्रेसको गठबन्धनले सिन्धुपाल्चोकबाट चुनाव जित्दा एमालेका नेता शेरबहादुर तामाङ पराजित भए । सञ्चारमन्त्री बन्दा आरजुको कोटामा बनेका कारण आरजु मार्फत आएको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ अर्थात् टेरामक्स सिस्टमको ३ अर्ब २१ करोड ८३ लाख ७७ हजारको ठेक्का स्वीकृत गर्नुपर्ने थियो ।

तर एमालेका नेता तामाङ नातामा ज्वाइँ पर्ने भएकाले आर्जुले सुरुमा राजा खानदानको जस्तो व्यवहार गरी नाटक मञ्चन गरिन् । तर, आक्षेप मोहन बस्नेतले सहेका थिए । बस्नेत सज्जन थिएनन् । उनकै जोडबलमा सिन्धुपाल्चोक बाह्रबिसे क्षेत्रमा निजी क्षेत्रको भोटेकोसी जलविद्युत आयोजना कम्पनीलाई ट्रान्समिसन लाइन जडान गर्न नदिएर सताएका घटना थियो । तातोपानी भन्सारबाट राजस्व छलेर भित्र्याउने सामानको कमाई होस् वा अन्यबाट बस्नेतको दादागिरी नै चल्छ । बस्नेत प्रचण्ड सरकारको पालामा स्वास्थ्य मन्त्री भएका बेला कांग्रेस–माओवादी–रास्वपा गठबन्धन सरकार थियो ।

स्वास्थ्यमन्त्री बन्दा डा. आरजुले बस्नेतसामु मेडिकल माफिया विशाल पण्डितका तीनवटा कम्पनीबाट योजना पठाइन् । ५ लाखको एक्सरे मसिन ५५ लाख १ करोड ५० लाखको सिटी स्क्यान २ करोड १० लाख बनाएर हजाम गर्दै आएका पण्डितको प्रस्ताव बस्नेतको टोलीले मानेन । त्यो बेला बस्नेतसँग गृह जिल्लाका स्वास्थ्य उपकरण कारोबारीसँगै थिए । आफ्नो कम्पनीले नपाउने भएपछि आरजुको प्रस्ताव स्वीकृत नगर्दा टेरामक्समा मोहन बस्नेतलाई फसाएकी हुन् । तर कमिसन उनैले खाएको बताइन्छ । अहिले यिनै बस्नेत डाक्टर शेखर समूहमा लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *