रसुवागढी नाकाको बाटो नदीले बगाउँदा दुबैतर्फको टुट्यो सम्पर्क, नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या

विविध समाचार

काठमाडौं । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले रसुवागढी नाकाको बाटो नदीले बगाउँदा सम्पर्क टुटेको छ ।

बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएकोले नेपाल–चीनको सम्पर्क टुटेको हो।मंगलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिका बारेमा जानकारी लिनुको साथै प्रधानमन्त्री ओलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्।

यस्तै, उक्त बाढीमा परेर नौ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *