दाउन्नेबर्दघाट सडकखण्ड आवश्यक मर्मत गरि एकतर्फी सुचारु,अबको केही समयमा दुईतर्फी यातायात सुचारु हुने

विविध समाचार

काठमाडौं । नारायणघाट–बुटवल सडकको अवरुद्ध रहेको दाउन्ने–बर्दघाट सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

गएराती दाउन्ने–बर्दघाट सडकखण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको बर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध भएको थियो ।

नारायणघाट–बुटवल सडक योजनाले सडक आवश्यक मर्मत गरि एकतर्फी सडक सुचारु गरेको जानकारी दिएको छ । साथै अबको केही समयमा दुईतर्फी यातायात सुचारु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *