सोबिता गौतमलाई संसदमा जथाभावी नबोल्न एमाले सांसद बरालको चेतावनी

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले रास्वपा सांसद सोबिता गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बरालले संसद अफवाह फैलाउने र गलत प्रचार गर्ने थलो नभएको बताउदै गौतमलाई संसदमा जथाभावी नबोल्न चेतावनी दिएकी हुन् ।

सांसद बरालले‘,संसद अफवाह फैलाउने, गलत प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफुँ बाहिरिने कुनै कुराको धैर्यतापुर्वक सुन्न नसक्ने ठाउ होइन । तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेषसँग मात्र होइन राष्ट्रको कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ । पटकपटक टिप्पणी गरिएका माननीयलाई प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईंलाई सिकाउन पर्यो भने हामी तयार छौं । तर, बोल्दा हेक्का पुर्याएर बोल्न म चुनौती पनि दिन चाहन्छु ।’ भनि उल्लेख गरेकी छिन् ।

रास्वपाकी सांसद गौतमले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सहभागी भएर केही मानिस नफर्किएको बताएको स्पष्ट गर्दै सो कार्यक्रममा धेरै मानिस गएको बताउदै उनीहरु नफर्किएको बताएकी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *