काठमाडौं । रास्वपा सांसद सोविता गौतमले प्रतिनिधिसभामा प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकै मान्छे फर्किएनन् भनेर आफुले नभनेको दाबी गरेकी छिन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा उनले यो विषय गम्भीर भएकोले आफुले बोलेको अभिव्यक्ति नेपाली भाषा बुझाइमा समस्या भएकाहरूले मात्रै नबुझेर आफूमाथि आरोप लगाएको समेत बताएकी हुन् । उनले कहीँ पनि आफूले स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको दाबी पेस गरिन् ।
साथै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो नभई उनीहरूकै समस्या भएको बताएकी छिन् । उनले फेक डकुमेन्ट बनाएर कार्यक्रममा लैजान भिसा लगाएका नेपालीहरूको दिल्लीस्थित स्पेनिस दूतावासले अन्तिम समयमा भिसा रद्द गरेको र विमान कम्पनीलाई अलर्ट म्यासेज आएको सूचना पनि रहेको बताइन् । ‘कसरी र कति रकम मोलमोलाई गरेर नेपाली पठाइएका छन् भन्ने बारे त एउटा मिडियामा अडियो नै पनि आएको सांसद गौतमको दाबी ।

