कांग्रेस–एमाले सरकारको यो रुप

राजनीति समाचार

काठमाडौं । कांग्रेस एमाले सरकारको असारे विकाशसँग बजेटको विनाश भएपछि सरकारको परिचय खस्किँदै गएको छ । राज्यको लगानीबाट बनेका चार उद्योग बिक्रीमा राखेको छ । यो सरकारको काम हेर्दा डरलाग्दो अवस्था छ । उद्योगीले कर नतिर्ने, होलसेल व्यापारीले दिनदिनै मूल्य बढाउने, विद्युत प्रयोग गरेर महसुल नतिर्ने, सरकारले आवश्यकताका आधारमा खटाएको कर्मचारी खटाएको ठाउँमा नजाने जस्तो अराजकता दुईतिहाइको सरकार बन्दैछ ।

सरकारले देशमा रोजगारी सिर्जना गर्नुभन्दा पनि युवाहरूलाई विदेश पलायन गराउन उदृत छ । हरेक वर्ष गुणस्तरहीन र जीवन उपयोगी शिक्षाको अभावमा अर्ध प्रविधि मात्र होइन, प्राविधिक सेवाका इन्जिनियर, डाक्टर, नर्स विदेश पलायन भइरहेका छन् । तर सरकार बीरगंजको आविष्कार केन्द्रको नाम सुन्न चाहँदैन । जनकेन्द्रले सरकारको लगानीका अस्पतालहरूको करोडौं खर्च गरी खरिद भएका स्वास्थ्य उपकरणको निःशुल्क मर्मत गरी सञ्चालन योग्य बनायो ।
जसले राष्ट्रको लागि राम्रो काम गर्छ त्योप्रति सरकार पूर्वाग्रही बन्छ ।

किसानले खेत बाली लगाउँदा मल दिँदैन, उत्पादन हुन्छ खरिद हुँदैन । कृषि प्रधान देशमा वर्षमा ३८ अर्बको धान चामल विदेशबाट आयात हुन्छ । तर देशका खेतीयोग्य जमिन बाँझो राखिन्छ । उत्पादन योग्य भूमि मासेर बस्ती बिस्तार गर्छ । देशको राजस्व घटाउन चुरे दोहन गरेर देशलाई मरुभूमि बनाएर भारतमा सहर बनाउन बजेटमा व्यवस्था गर्छ भने यो सरकार कस्तो जनप्रिय बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *