मन्त्री र सचिवको पानी बाराबारहुँदा सेटिङ्ग फस्टाउँदै

राजनीति समाचार

काठमाडौं । बिसौंचोटि मन्त्री बनेका श्रम तथा सामाजिक सुरक्षा मन्त्री सरदसिंह भण्डारी पछिल्लो पटक आएर विवादमा फसेसँगै कर्मचारीहरुसँग रुष्ट बन्न पुगेका छन् । पहिला मन्त्री र सचिवको समन्वयकार्य भूमिकाहुँदा एउटै सेटिङ्गमा काम हुने गरेको थियो भने पछिल्लोपटक सचिव र मन्त्रीको टसल हुन पुगेको छ । सचिव र मन्त्रीको टसलले नै वैदेशिक रोजगार विभागमा भाडभैलो भएको छ ।

मन्त्री र सचिवको टसलले गर्दा वैदेशिक रोजगार विभागदेखि श्रम विभाग, सामाजिक सुरक्षाकोष, श्रम कार्यालयहरुमा सर्वसाधरणको कामहुन छाडेको छ । सचिवले वैदेशिक रोजगार विभाग र श्रम कार्यालयहरुमा सचिवको नेतृत्वमा सेटिङ्ग चल्ने गरेको छ भने मन्त्रीको सेटिङ्ग भत्किएको छ । त्यही सेटिङ्ग भत्किएपछि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र सर्वसाधरण मानिसहरुलाई दुई बजेभन्दा अगाडी प्रवेश निषेध गरिएको छ ।

प्रवेश निषेध मात्रै गरिएको छैन श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम कार्यालयको सूचना कसरी बाहिरीयो भन्दै सूचना बाहिर पु¥र्याउने कर्मचारीहरुको खोजी भइरहेको छ । वैदेशिक रोजगार विभागमा सचिव कृष्णहरिपुष्कर र महानिर्देशक कमल भट्टराईको सेटिङ्ग चलिरहेको छ भने मन्त्रीको सेटिङ्ग भत्किएको छ । मन्त्रीको सेटिङ्ग भत्किएपछि श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका कर्मचारी र मन्त्रीको पानी बाराबार भएको छ । किनकी मन्त्री पनि तराई बासी सचिव पनि तराई बासी । दुबै तराई बासी भएको कारणले सेटिङ्गमा कुरा नमिलेपछि मन्त्री र सचिवको पानी बाराबारको स्थिती हुन पुगेको हो । मन्त्री र सचिवको पानी बाराबार भएपछि मानव तस्करीहरुले खेल्न थालेका छन् । नयाँ आर्थिक वर्ष लागेसँगै मेनपावर नविकरण र अनुगमनको नाममा असुली धन्दा फस्टाउँदै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *