भिजिट भिसा प्रकरणमा माग अनुरूप छानबिन गर्न समिति नबनाइएको र स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो जवाफ

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन गएर नेपाली नफर्किएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको माग गर्दै विरोध गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका हुन् । सभामुखले समय दिएपछि बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताउँदै स्पेनको सेल्भिसको केसले झन् यो कुरा पुष्टि गरेको भन्दै प्रधानमन्त्रीको जवाफ समेत मागेकी हुन् ।

२०७८ साल फागुनमा बनेको भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदनमा अहिलेको जस्तै विभिन्न मन्त्रालयबाट सह–सचिवहरूको जम्बो टोली रहेको उनले स्मरण गरिन् । सांसद श्रेष्ठले मानव तस्करीको जालो ठुलो रहेको उल्लेख गर्दै उनले उच्चस्तरीय छानबिन न्यायिक आयोग बन्नुपर्ने बताइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *