प्रतिनिधिसभाको बैठकमा मन्त्री गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने सत्य तथ्य छानबिन हुनुपर्नेमा रास्वपा र राप्रपाका सांसदहरुको माग

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मंगलबारको प्रतिनिधिसभाको बैठकमा उठेर विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक शुरु भएको घोषणा गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिए । सांसद नेपालीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने बताएका छन् । उनी मुछिएको घूस काण्डमा सत्य तथ्य छानबिन हुनुपर्ने सांसद नेपालीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *