काठमाडौं । आज अन्तर्राष्ट्रिय नेल्सन मन्डेला दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै ।
स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जारी गरेको सन्देशमा नेल्सन मन्डेलाको असाधारण जीवनले कसरी उत्पीडन, सङ्घर्ष र अधीनतालाई मेलमिलाप, सामाजिक न्याय र एकतामा रूपान्तरण गर्न सक्छ भन्ने देखाएको बताएका छन् ।
मानवताको सेवामा थरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले जीवनभर सङ्घर्ष गरेका थिए।

