सरकारको सञ्चित कोषमा एघार प्रतिशत बढी राजश्व संकलन भएपछि २० अर्बको सुधार

अर्थ/वाणिज्य समाचार

काठमाडौं । संघीय सरकारको सञ्चित कोष दुई खर्ब चार अर्ब रुपैयाँले घाटामा गएको छ ।

सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको रकमभन्दा बढी रकम खर्च गरेकाले सञ्चित कोष घाटामा गएको हो । संघीय सरकारको खातामा राजस्व, ऋण र अनुदानको पैसा नभए पनि धरौटी खाता, विभिन्न कोषमा पैसा भएकाले सो रकमका आधारमा अर्थ मन्त्रालयले विभिन्न खर्चको भुक्तानी गरिरहेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारको सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोडले घाटामा थियो । चालू आर्थिक वर्षको अन्त्य सम्म २० अर्ब कम हुँदै २ खर्ब ४ अर्ब भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष २०८१/८२ मा ११.३३ प्रतिशत बढी राजश्व संकलन भएपछि सरकारको सञ्चित कोषमा सुधार आएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ थियो भने आर्थिक वर्ष २०८०र०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो ।

सरकारले अब २०८२र८३ मा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *