बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

अर्थ/वाणिज्य बैंक समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरेको छ ।

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)ले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरेको हो । यो मार्गदर्शनको कार्यान्वयनबाट संस्थाहरुले आर्जन गरेको मुनाफाको वितरण तथा पुनः लगानी थप प्रभावकारी भई सम्बन्धित संस्थाको जोखिम बहन गर्न सक्ने क्षमता र कार्यक्षमताको बृद्धि तथा विकास हुँदै जाने र सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकासमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

यसका प्रमुख उद्देश्यमा मुनाफा वितरणसम्बन्धी निर्णय गर्दा अपनाउनुपर्ने प्रक्रियालाई मार्गदर्शन प्रदान गर्ने, अनुमतिपत्रप्राप्त संस्थालाई नियामकीय पुँजी कायम गर्न आधार निर्माण हुने, अनुमतिपत्रप्राप्त संस्थाको कारोबारको निरन्तर अभिबृद्धि साथै जोखिम बहन गर्ने क्षमता विकासका लागि श्रोतको योजनाबद्ध व्यवस्थापनमा सहयोग पुग्ने, व्यवसाय निरन्तरता योजना कार्यान्वयन गर्न सहज हुने, समग्र भुक्तानी प्रणालीको सबलता र सुरक्षामा टेवा पुगी सर्वसाधारणको विश्वास अभिवृद्धि हुने रहेका छन् ।

अनुमतिपत्रप्राप्त संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्न बैंकले निर्देशन दिएको छ । साथै यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्ने पनि निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *