काठमाडौं । नेपाल विद्यार्थी सङ्घको बाह्रौं अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि चयन भएका छन् । संस्थापन पक्ष र डा. शेखर समूहका बीचमा हुने प्रतिस्पर्धालाई कांग्रेसभित्र १५औं महाधिवेशनको झल्कोको रुपमा लिइन्छ । संसदको शीतकालीन अधिवेशन चल्दै गर्दा सरकारले गरेको कामको चर्चा हुन्छ । तर पार्टीको महाधिवेशन र भेलाहरुमा आफ्नै गन्थन बाहेक राष्ट्रका बारेमा सोचिँदैन । त्यो पनि कांग्रेसले शैक्षिक गुणस्तर शिक्ष क्षेत्रमा दलीय हस्तक्षेपका बारेमा बोल्दैन कसरी हुन्छ नेतृत्व हत्याउने दाउ मात्र हुने गरेकाले नेविसंघको अधिवेशन आम चासोको विषय बन्दैन ।
अधिवेशन सम्पन्न गर्ने केन्द्रीयसमितिले सबै जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टी संस्थापनको इशारामा चल्ने संस्थापनको पछिपछि डा.शेखर पक्षले प्रतिनिधि पठाएको छ । डा.शेखर जहाँ जान्छन्, त्यहाँ कार्यकर्ता भेला भएपनि पार्टीको चुनावमा भने ५१ प्रतिशत मत आएन । प्रकाशशरण महत र विमलेन्द्र निधिले देउवालाई सघाएर मौकाको पाmइदा लिएका छन् । कांग्रेसभित्र तरुण, विद्यार्थी संघ, किसान ट्रेड युनियनसम्मका आन्तरिक भिडन्त हुन्छ । नेता छान्न प्रतिनिधिले नपाउने चलन छ ।
कांग्रेसमा पेशागत समूहमा दुईथरी उम्मेदवार हुने प्रवृत्ति छ । यसपटक संस्थापन पक्षका रूपमा डा. शेखर देखिए । देउवाका निकट बागी उम्मेदवार बनेर प्रेस सेन्टरसँग मिलेपनि मत तान्न सकेनन् । विद्यार्थीको अधिवेशनमा जागिर लगाउने र कर्मचारीको सरुवा मिलाउनेसम्मका योजना बनाउने नेवि संघको पुरानै रोग हो । यसपटक मिति नतोके पनि जिल्ला र क्याम्पस तहमा अधिवेशन गरेर नयाँ प्रतिनिधि छान्ने तयारीमा जुटेका छन् ।