परराष्ट्रमन्त्रीको दोस्रो भारत भ्रमण किन भयो असफल ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
कांग्रेस नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि दक्षिणी छिमेकी मुलुक भारतबाट पहिलो विदेश भ्रमण सुरु गरेकी थिइन् । सो भ्रमणमा भारतले परराष्ट्रमन्त्री आरजुलाई तत्कालीन परराष्ट्रमन्त्रीहरुको तुलनामा राम्रो स्वागत, सत्कार पनि गरेको थियो । भारत भ्रमण गरेसँगै उनी युरोपलगायत विभिन्न देशको भ्रमण सकेर उत्तरी छिमेकी मुलुक चीनको समेत भ्रमण गर्न सफल भएकी थिइन् । त्यसपछि दोस्रोपटक भारत भ्रमणमा जाँदा पहिलो भ्रमणमा जुनखालको स्वागत, सत्कार पाएकी थिइन् त्यो पाउन सकिनन् । त्यसपछि परराष्ट्रमन्त्री राणाले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएकी छिन् ।

प्रधानमन्त्री ओलीलाई छिटो भारत भ्रमणको व्यवस्था मिलाउन परराष्ट्रमन्त्री आरजु दोस्रो पटक भारत गएको अनुमान गरिएको थियो । त्यो सफल हुने नदेखेपछि उनी छिटै स्वदेश फर्किएकी छिन् । प्रधानमन्त्रीको भारत भ्रमणको लागि भारतीय राजदूत नविन श्रीवास्तवले जनवरी ९ को मिति प्रस्ताव गरेका थिए । श्रीवास्तवले जनवरी ९ को मिति प्रस्ताव गरे तापनि प्रधानमन्त्री ओलीको भारत भ्रमण विभिन्न कारणले गर्दा ढिलो हुने अवस्था सिर्जना भएको छ । परराष्ट्रमन्त्री आरजुले भारत भ्रमण गर्दा दुई छिमेकी मुलुक नेपाल र भारतबीच सीमा सुरक्षा र खुल्ला सिमानाको बारेमा कुरा उठाउनुपर्नेमा त्यो गरेको पाइँदैन ।

सीमा सुरक्षाको बारेमा सीमा संग्राममा बुद्धिनारायण श्रेष्ठले देशको रक्षा र सुरक्षा (डिफेन्स र सेक्युरिटी) सँग गाँसिएका वस्तुको व्यवस्थापन तथा प्रशासन छिमेकी राष्ट्रलाई दिनु हुन्छ या हुन्न ? स्वतन्त्र राष्ट्र भएर बाँचिरहने हो भने त्यसको व्यवस्थापन छिमेकी मुलुक भारत र चीनलाई दिनु हुँदैन । नेपालले दिए तापनि छिमेकी मुलुकले अपनाउनुपर्ने सर्वमान्य आचार संहिता र नैतिक सिद्धान्तअनुसार कार्यान्वयनको जिम्मेवारी लिनुहुँदैन । हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुहरुको चापअनुसार साँघुरो भइरहेको छ । त्यसको विस्तार गर्नुपरेको छ । अझ बढी व्यवस्थित र वैज्ञानिक बनाउनुपरेको छ ।

ग्लोबल टेण्डर गरेर त्यस कामको लागि के बिग्रन्छ ? विश्वव्यापी प्रतिस्पर्धा गरिएमा अझ बढी स्तरीय र व्यवस्थित हुन सक्छ । अन्तः नेपाली सेनाको हवाइ अखडासमेत रहेको र देशको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्ने जिम्मा जस्केलाबाट भारत अथवा चीनद्वारा गराउनुहुँदैन भनेर उल्लेख गरेका छन् । त्यस्ता सम्वेदनशील विषयमा जुनसुकै पार्टीबाट परराष्ट्रमन्त्री बने तापनि त्यसबिचमा ध्यान दिन सकेका छैनन् । खाली परराष्ट्रमन्त्री बन्ने आफ्नो कार्यकाल लम्ब्याउन जस्तोसुकै खालको सम्झौता गर्न पछि नपर्ने काम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *