काठमाडौं । आफ्नो कार्यकाल एक वर्ष थप्ने योजना बनाएर सत्ता र शक्तिसँग सम्बन्ध जोडेका चार डिआइजीले सशस्त्र प्रहरी बलमा एआइजी दरबन्दी थप्न नदिने प्रयास गरेका छन् । तिनको म्याद पुस १६ सम्म छ । गणेश ठाडा, कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ एक वर्ष थपेर एआइजी बन्ने दाउमा छन् भने आइजीपी राजु अर्याल पछिको आइजीपीका लागि नारायदत्त पौडेल, वंशी दाहाल प्रतिस्पर्धा गर्दैछन् ।
एमाले र कांग्रेसका शक्तिशाली नेताको पावर देखाउने कमलगिरी र गणेश ठाडाले डिआइजीका वरिष्ठ किशोर प्रधानलाई छेक्न प्राविधिक र इन्फेन्ट्रीको कुरा ल्याएका छन् । तर नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा अर्थमा पुगेको फाइल रोक्ने डा. प्रकाश शरण महत अहिले थुथु गर्दैछन् । नारायणकाजी श्रेष्ठको सिफारिस प्रति शङ्का गरेकै कारण कांग्रेसी कित्ताका इन्जिनियर किशोर प्रधान त्यो बेला रोकिए अहिले उनको पनि दौडधुप चलेको छ । त्यो स्वभाविक पनि हो ।
जिम्मेवारी पाएको ठाउँमा विवादरहित काम गरेको दाबी गर्ने प्रधान तनहुँ कांग्रेसका नेता ध्रुव प्रधानका छोरा हुन् । तर अहिले देउवा कांग्रेस भएर चाकरी पु¥याउन ध्रुवले नसक्दा डिआइजी किशोर प्रधानलाई सहयोग गर्ने नेता कांग्रेसमा नहुँदा क्षमता भएर मौका आउँदा पनि एआइजी बन्ने बाटो सहज नभएको हो । सशस्त्रमा प्रतिष्ठानअन्तर्गत अस्पताल छ ।
प्रहरीमा पनि त्यही हो तर एआइजी प्रतिष्ठानमा भए कमाण्ड चल्छ । डिआइजी प्रमुखले डिआइजी डाक्टरलाई कस्तो कमाण्ड गर्ला यो विषय शैलेन्द्र खनालको पालादेखि नै उठेको हो । अर्धसैनिक बल सशस्त्रमा सीमा सुरक्षाको जिम्मेवारी थपिँदा राजस्व वृद्धि र तस्करी नियन्त्रणका कुरा चम्केको छ । नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, झापा, विराटनगरजस्ता नाकाहरूमा सशस्त्रले खटाएको टोली विवादमा पर्छ । सीमा विभागमा चन्द्रप्रकाश गौतमको कमाण्ड छ । उनी सेनाबाट आएका व्यक्ति हुन् ।