काठमाडौं । लक्ष्य एकाथरी थियो ,लाभ लिँदैछन्,‘तर मारा’बर्गले ! जसरी राजनीतिमा आरक्षण कोटाको प्रचुर लाभ लिनेमा डलरे अर्वपति विनोद चौधरी,आरजु राणादेखि उमेश श्रेष्ठ लगायत छन् । चौधरीले मधेसी कोटा,आरजुले महिला र उमेश श्रेष्ठले जनजाती कोटाबाट उठेर लाभ हात पारे,ठीक उही शैलीमा निजामतीमा समेत समावेशीताको लाभ लक्षित समुदायले कम र धनी, टाठा–बाठा र स्रोत–साधनमा पहुँच भएकाहरूले बढी लिइरहेको भेटिन्छन ।
निजामती प्रशासनमा समेत आरक्षण कोटाका नाममा यिनै हुने खानेले लाभ उठाइरहेको भेटिन्छ । जस्तो उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलकी बुहारी प्रमिता अधिकारी (पौडेल) लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेशप्रसाद मैनालीकी छोरी ईला मैनालीदेखि सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतकी छोरी शिवानी बस्नेतसम्म आरक्षण (कोटा)बाट सरकारी सेवामा प्रवेश गरेका हुन ।
आरक्षणको मर्म अनुसार,उनीहरुले उक्त कोटा प्रयोग गर्न मिल्दैन तर परराष्ट्र सेवाको शाखा अधिकृतमा महिला कोटाबाट छिरेका प्रमिता, ईला र शिवानी संविधानको मर्म विपरित उक्त कोटा दुरुपयोग गरिरहेका छन् । लोकसेवा अध्यक्ष चलाइसकेका उमेश पुत्री ईला मैनाली अहिले संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग, अस्ट्रियाको भियनामा काउन्सिलर पदमा कार्यरत छिने भने तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतकी छोरी शिवानी अहिले संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोग, न्युयोर्कमा कार्यरत छिन् ।
१० बर्षमा आरक्षण कोटाको पुनरावलोकन गर्ने भनियो तर आजसम्म पनि आरक्षण कोटाको पुनरावलोकन हुन सकेको छैन । फलस्वरुप आरक्षण कोटाबाट लाभ लिने,साधरण दुबी आएकोेदेखि आँखाको पावर कम भएका,देव्रे हातको औला थोरै काटिएकाले सम्म अपांङ्ग कोटाको लाभ उठाउन थालेपछि दुबै आँखा नदेख्ने, दुबै हात नभएका,खुट्टा नभएका÷ नचल्ने वास्तविक अपांङ्गहरु मर्कामा परेको गुनासो पोखेका छन् । त्यही माथि एउटै व्यक्ति÷परिवारका,सीमित वर्ग र जातकाले पटक पटक आरक्षण कोटाको लाभ लिदै आएका छन् । अहिले अख्तियारमा रहेका सचिव घनश्याम उपाध्याय बाल्यकालमा लडेर लागेको साधरण चोटका आधारमा उनी शारीरिक अशक्त कोटामा अधिकृत,सहसचिवसम्म भए ।
अधिकृतदेखि नै यही कोटाबाट लाभ उठाउँदै आएका उनलाई निजामतीभित्र तरमारा सचिवका रुपमा चिनिन्छन् । उनीझैं सपाङ्ग भए पनि अशक्त कोटाबाट लाभ लिने अर्काे तरमारा सचिव छन्,दीपक काफ्ले (कर्मचारी संकेत नम्बर १४८८१२),उनको समस्या हो आँखाको पावर कम । त्यस्तै ध्रुव गैडा,राजेन्द्रराज ओझाहरु समेत आँखा अलि टेडो भएको र साधारण चश्मा लगाउनु पर्ने समस्या देखाएरै अपाङ्गको परिचयपत्र लिएर भरपुर लाभ उठाउने कर्मचारीमा पर्दछन् । सचिव कृष्णहरि पुष्करले पटक पटक मधेशी कोटाबाट बढूवा खाए । अघिल्लो बर्ष उनले मधेसी कोटाबाट बढूवा खाए, अर्काे बर्ष उनको पत्नी आभाले यही कोटाबाट लाभ उठाइन् । यस्तै रामकुमार महत्तो समेत मधेसी कोटाबाट सबैभन्दा बढी लाभ उठाउनेमा पर्दछन् ।
उसो त हालै मात्र राजदूत खान गएकी परराष्ट्र सचिव सेवा लम्सालदेखि गेहेन्द्र राजभण्डारीसम्म पटक पटक आरक्षण कोटा दुरुपयोग गर्ने कर्मचारीका रुपमा चिनिन्छन् । यसरी आरक्षण कोटाको दुरुपयोग भइरहँदा समेत यसतर्फ कानुन बनाउनेहरुको ध्यान जान नसक्नु दुखद कुरा भएको बताइन्छ । उता सदाचारको पाठ पढाउने उमेश र गोपी मैनालीका दुई भाइ उपसचिवमध्ये नारायण सहसचिवमा बढुवा हुँदा सबैभन्दा सिनियर हुँदा हुँदै पनि रामप्रसाद भने पीआर काण्डमा फसेर बढुवामा यो लटमा पनि छुटेका छन् ।