काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए)को अध्यक्ष चयनमा डलरे अर्वपति विनोद चौधरीका सिइओ ज्ञानेन्द्र ढुङ्गनाले अस्वभाविक चलखेल गरी काँग्रेसी सिइओलाई अध्यक्ष बनाएका छन् । शेरचन एमाले निकट मानिन्छन् भने कोइराला काँग्रेस । अध्यक्ष बन्ने लाइनमा रहेका प्रभु बैंकका सीईओ अशोक शेरचन ब्याक गराएर माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाई अध्यक्ष बनाइएको हो ।
यो चलखेलमा सबैभन्दा बढी सक्रिय उनै ढुङ्गना रहेको बैंकर्सहरुले बताएका छन् । शेरचन यस अघिल्लो कार्याकालमा समेत अध्यक्षका दावेदार थिए । त्यस समयमा पनि ढुंगानाले नबिल बैंकका सिइओ सुनिल केसीलाई समर्थन गर्दा अशोक ब्याक भएका थिए । बैंकर्स संघका अध्यक्षमा चुनिएका कोइराला गभर्नर महाप्रसाद अधिकारीका नातेदार हुन ।
यस्तै उनी माछापुच्छ्रे बैंकका पूर्वअध्यक्ष उपेन्द्र महतोका विश्वासपात्र । यही दुईको जोडबलमा उनी माछापुच्छे्रेमा सिइओ बनेका हुन । उसो त कोइरालाको कार्यशैलीका कारण उक्त बैंकका सिनियर कर्मचारीहरु सबै लाखा पाखा लागिसकेका छन् । सन्तोष कोइरालाले बैंकको प्रमुख कार्यकारी अधिकृत भएर गएसँगै माछापुच्छ्रे बैंकको वित्तिय अवस्था समेत झनै खस्किएको छ । उनै सिइओकै कारण यस बर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । वितरणयोग्य मुनाफा सहितको रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको छ,बैंकले ।