नेपाली यू-२० महिला फुटबल टीम आज स्वदेश फर्किदै

खेलकुद समाचार

काठमाडौं । साफ यू-२० महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिम आज स्वदेश फर्किदै छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार यू-२० महिला टिम आज अपराहन्न २ बजे काठमाडौं आइपुग्दैछ ।

ढाकामा सम्पन्न साफ यू-२० महिला फुटबल च्याम्पियनसिप नेपाल उपविजेता बनेको थियो । अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएसँगै नेपाल उपविजेतामा सिमित भएको थियो । यस प्रतियोगितामा नेपाल दुवै पटक बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगितामा सर्बाधिक १० गोल गरेकी नेपालीकी पुर्णिमा राईले गोल्डेन बुट जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *