फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावमाथि शङ्का उब्जाएको कोइरालाको तर्क

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको बताएका छन् ।

कोइरालाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा बहालै रहेको अवस्थामा भूमि विधेयक पास गर्न खोज्नु शङ्कास्पद भएको उल्लेख गरेका हुन् ।

उनले कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र विचौलिया माथि निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमीसुधार) अझै राजिनामा नदिई पदमै भईरहैको स्थितिमा भूमी विधेयक फास्ट्रयाकबाट पास गरौं भन्ने एमालेको प्रस्तावले प्रसस्त शंका उब्जाएको बताएका छन् । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न नसकिने बताउँदै । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको कोइरालाले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *