काठमाडौं । रसुवागढी नाकास्थित गत असार २४ गते भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र करिब दुई सय नेपालीलाई आज नेपालतर्फ ल्याइँदैछ ।
बाढीका कारण रोकिएका नेपालीहरू बुधबार बिहानै बजे नै चिनियाँ सवारी साधनमा तातोपानी (चाङ्मु) नाकातर्फ लागेका छन् । दुबै देशबीच कूटनीतिक पहलपछि चीन सरकारसँगको सहयोगमा उनीहरूलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।
रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ । केरुङमा रहँदा २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको थियो । तातोपानी आइपुगेपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ ।

