राजेन्द्र लिङ्देनको दादागिरी कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौैं । राप्रपाले आन्दोलन ग¥यो, तर त्यसले पार्टी विभाजन गरायो । अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ नेता नवराज सुवेदी, सहमहामन्त्री सगुन लावतीलाई मात्र होइन, उपाध्यक्ष कृष्णश्याम गिरी, महामन्त्री धवल शमशेर जबराहरूको पद खोसीयो। गुमेको राजतन्त्र फिर्ता गर्न कांग्रेस एमालेको दमनविरुद्ध लागेका राप्रपालाई साथ दिने जनता भएनन्

राप्रपाभित्र पदाधिकारीहरू नै अध्यक्ष राजेन्द्रबाट ग्रस्त बनेका बेला महामन्त्री कुन्ती शाही समेत आक्रोशित छिन् । मूल एजेन्डा संघीयता गणतन्त्र समावेशिताको विरुद्ध राजतन्त्र पुनस्र्थापनाको सवाल राप्रपाका लक्ष्य हुन् । नवराज सुवेदीलाई तत्कालीन अवस्थामा पूर्व राजाले आन्दोलनको नेतृत्व गर्न लगाएका थिए ।राप्रपाभित्र लडाई भयो । दुर्गा प्रसाइँले एमालेमाथि जाहिँ लाग्दा आर्थिक रुपमा शोषणमा परेका थिए । तर तिनलाई टिकाउने अवस्था थिएन ।

ऋण लिएर नतिर्ने हल्ला पनि उनैले चलाए । त्यो टिकेन । बैंकहरुले ब्याज घटाउन सक्छन् तर सरकारको साथ जरुरी चाहिन्छ । प्रसाईं राजावादी बन्दा देशको राजनीति मेरो कमाण्डमा भन्दै हल्ला गर्न छाडेनन् । आज राज्यविरुद्धको अपराध सार्वजनिक अपराध जस्ता काण्डमा प्रसाईं जेल परेका छन् । नवराज सुवेदीले गत चैत १५ गतेको कमाण्ड तोकिएको थियो ।

लिङदेन आफैँ सर्वेसर्वा बनेर पूर्वपञ्चहरू पशुपति शमशेर जबरा डा. प्रकाश चन्द्र लोहनीहरूको अनुभवले पनि देशमा आन्दोलन गर्ने क्षमता राखेन । पूर्वपञ्चहरूको अनुशासन भनेकै ३० वर्षसम्म राजाको आशिर्वादबाट सरकारमा रहनु हो । आज गणतन्त्रमा बढेको अराजकताले उनिहरुलाई उकासेको मात्र हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *