काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागबाट एक वर्षमा आठ लाख ३५ हजार भन्दा बढी युवायुवतीहरु रोजगारीको लागि विश्वका १७८ मुलकमा पुगेको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले गत शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । महानिर्देशक भट्टराईले म्यानपावर कम्पनीहरुसँग सेटिङ मिलाउँदै विश्वका विभिन्न मुलुकमा नेपाली कामदार पठाएर कमाउधन्दा चलाउँदै आएका छन् ।
वैदेशिक रोजगार विभागमा यस्तो धन्दा चलिरहँदा पनि मन्त्री सरदसिंह भण्डारी बेखबर बनिरहेका छन् । मन्त्रिमण्डल हेरफेर हुने हल्ला चलेपछि मन्त्री भण्डारी गुमनाम जस्तै बनेका छन् । यदि मन्त्री भण्डारी परिवर्तन भएको खण्डमा अब बन्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सर्वेन्द्रनाथ शुक्लाको नाममा चर्चामा आएको छ । आफ्नो जागिरमाथि नै प्रश्न चिन्ह खडा भएपछि मन्त्री भण्डारी मन्त्रालयको कामप्रति बेखबर बन्न पुगेका हुन् ।
त्यसको मौका छोपी श्रम सचिव पुष्करहरि कर्ण र महानिर्देशक भट्टराईबीचको सेटिङ वैदेशिक रोजगार विभागमा ब्यापक फस्टाएको छ । सचिव कर्ण र महानिर्देशक भट्टराईकै कारण नेपालीहरु दिनप्रतिदिन ठगिइरहेका छन् । पीडितहरुलाई झन् पीडा दिने काम भट्टराईले गरिरहेका छन् । साउदी, कतार, दुबई र मलेसिया जस्ता खाडी मुलुकमा लेबरको लागि कामदार पठाउँदा म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति डेढदेखि तीन लाखसम्म असुल्ने गरेका छन् ।
तर, फिरी भिसा र फिरी टिकटको नाममा सरकारी रेकडमा प्रतिव्यक्ति १० हजार मात्रै लिएको देखाइन्छ । सरकारी रेकर्डमा १० हजार देखाएर म्यानपावर कम्पनीहरुले लाखौ रुपैयाँ असुली गर्दा त्यस्ता म्यानपावरमाथि कारबाही गर्नुपर्नेमा त्यो नगरी उल्टै तिनै म्यानपावर कम्पनीका सञ्चालहरुसँग मिलेमतो गरी सचिव कर्ण र महानिर्देशक भट्टराईले करोडौं असुलीरहेका छन् ।
उता वैदेशिक रोजगारीमा जाने कामदारसँग करोडौं असुली गर्ने अनि ‘हामीले वैदेशिक रोजगार विभागमा यो सुधार ग-यौं, ऊ सुधार ग¥यौं’ भन्दै पत्रकार सम्मेलन गरी केही पत्रकारलाई खाजा र खामबन्दी दिएर सर्वसाधारणको आँखामा छारो हाल्ने काम सचिव कर्ण र महानिर्देशक भट्टराईले गर्दै आएका छन् । भट्टराईले वैदेशिक रोजगार विभाग अन्तर्गत विभिन्न शाखामा आफु नजिकका कर्मचारीहरुलाई सेटिङग मिलाएर उठाउधन्दा चलाएको बताइन्छ ।

