अर्यालको सपना सबै ‘उडायो हुरी’ले

राजनीति समाचार

काठमाडौं । ‘कागभन्दा कोइली चङ्ख’ भनेझैं मुख्यसचिव एकनारायण अर्याल बाठो बन्दा तीन बल्ड्याङ खान पुगेका छन् । किन कि आफ्नो कार्यकाल लम्ब्याउनको लागि संघीय निजामती ऐन लागु गर्न लागिपरेका थिए । त्यसमा ‘कुलिङ पिरियड’ हटाउन अग्रसर बनेका थिए । यी दुवै योजना मुख्यसचिव अर्यालको लागि निकम्मा सावित भएको छ ।

आफ्नो फाइदालाई केन्द्रमा राखेर निजामती क्षेत्रमा खेल्न खोज्दा मुख्यसचिव अर्याल आफूले खनेको खल्डोमा आफैं जागिएका छन् । अर्यालको जागिरे अवधि पाँच महिना मात्रै बाँकी छ । पाँच महिनाको अवधिमा आफ्नो लागि मुख्यसचिव अर्यालयले के–के भूमिका खेल्ने हुन् त्यो निश्चित छैन । अर्याल ‘छेपारो’ले रङ्ग फेरेझैं नेता फेर्दै मुख्यसचिव बन्न सफल भएका थिए । मुख्यसचिवबाट अवकास पाएपछि संवैधानिक आयोगमा राजनीतिक नियुक्ति खाने सपना पनि तुहिने भएको छ । आफ्नो सारा योजनाहरु फेल खाएपछि अर्याल दिनप्रतिदिन निराश बन्दै गएका छन् ।

अर्कोतर्फ सरकारको काममा पनि ध्यान दिन छोडेका छन् । किन कि केही दिन अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘डेंगो’ रोगको बारेमा जानकारी गराउन स्वास्थ्य सेवा विभागमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनमा सातैवटा प्रदेशका सचिव र जनप्रतिधिनिहरुबीच भर्चुअल बैठक गर्ने भनिएको थियो । पत्रकार सम्मेलनमा भनिएअनुसार भर्चुअल बैठक पनि गरिएको थियो । सो पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालयलाई पनि सहभागी हुन आग्रह गरिएको थियो । तर, आफ्ना सबै योजनाहरु फेल खाएर निराश बनेका अर्याल सो पत्रकार सम्मेलनमा सहभागी भएनन् र त्यसबारे कुनै जानकारी पनि गराएनन् ।

यसले के प्रष्ट हुन्छ भने मुख्यसचिव अर्याल सरकारी कामप्रति उदासिन हुँदै गएको भान हुन्छ । यो त एउटा पछिल्लो उदाहरण मात्रै हो । मुख्यसचिव कै कारण अन्य सचिव र सहसचिवहरुले काम गर्न सकेका छैनन् । उनका कारण सचिवबीच गुटबन्दी सुरु भएको छ । मुख्यसचिवले भनेको काम सचिवहरुले नमान्नुमा सिनियर र जुनियरको विवाद प्रमुख रहेको छ ।

पैसा र पावरको भरमा सिनियरको रोलक्रम मिचेर अर्याल मुख्यसचिव बनेपछि अधिकांश सिनियर सचिवहरुले अर्याल अ¥र्याएप¥र्याएको काम अन्य सचिवहरुले गर्न छाडेका छन् । उपसचिव र सहसचिवहरुलाई पनि कार्य दक्षता र योग्यताको आधारमा भन्दा आफ्ना आसेपासेलाई स्थान दिने कारणले अर्याल आलोचित बन्दै गएका छन् । मुख्यसचिव अर्यालयकै कारण कर्मचारी तन्त्र ध्वस्त बन्दै गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *