काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् ।
आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलग कार्यक्रममा बोल्दै ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएकी थिइन् । उनले भनिन्, ‘अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समय भइकाले लगानीका लागि उपयुक्त समय हो ।’ बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी छ । त्यसको सदुपयोग गरेर बड्न सरोकारलाई सुुझाव दिसुझाइन् । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ जाने सोच भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने बताएकी छिन् ।
त्यसैगरी सोही कार्यक्रममा अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताएका थिए । संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने बताइका थिए । थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको भन्दै आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे प्रस्ट्याएका थिए । त्यस्तै बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित रहेको बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका थिए ।
थापाले नेपालको बैंकिङ क्षेत्रमा ठूलो प्राविधिक रुपान्तरण भइरहेको पनि बताए । उनका अनुसार चेकबुकबाट अघि बढेको बैंकिङ अहिले डिजटल कारोबारसम्म आइपुगेको छ । ‘बैंकमा जानुनपर्ने गरी धेरै काम गर्न सक्ने अवस्था भइसकेको छ । आधुनिकताले धेरै सहज बनाएको छ,’ भट्टराईले भने ।

