बच्चा जन्माउने उमेर का युवायुवती विदेशीएकाले प्रसूति सेवा लिनेको संख्या देशभर ३० प्रतिशतले घट्दो

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या क्रमशः घट्दो क्रममा रहेको बताइएको छ ।

केही वर्ष अघिसम्म अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख विभागले अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार तीन सय १८ गर्भवतीले  प्रसूति सेवा लिएको जानकारी गराउँदै अहिले क्रमश घट्दो संख्यामा रहेको बताएका छन् । बच्चा जन्माउने उमेरका युवायुवती विदेशीएकोले देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारीले घटेको प्रतिवेदन सार्वजनिक भएको हो ।

काठमाडौंको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए ।

यसमध्ये चार हजार तीन सय ८३ (५२ दशमलव ४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार सात सय ६७ जना (४५ दशमलव २८ प्रतिशत)को शल्यक्रिया (सिजेरियन डेलिभरी) र एक सय ८८ (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/८१ मा नौ हजार तीन सय ५५ र त्यसअघि आव २०७९ /८० मा ११ हजार आठ सय ९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *