काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा २४ घण्टादेखि पानी आपूर्ति ठप्प भएको छ ।
पानी आपूर्ति ठप्पहुँदा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरु समेत प्रभावित भएका छन् । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ । अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिएपनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोतले जनाएका हुन् ।
अस्पतालका एक कर्मचारीका अनुसारअस्पताल परिसरको बोरिङले पानी तानेको छैन र खानेपानीको पाइपबाट पनि नियमित आपूर्ति भएको छैन । त्यसैले पानीको अभाव भएकोले सरसफाइ र उपचार सेवा समेत प्रभावित भएको बताएका छन् ।