काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ ।
प्रहरी परिसर ललितपुरले बोरिङको पाइप गाडेको स्थानबाटै करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको जानकारी गराएको हो । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर आगो निभ्न सकेको छैन । आगो ननिभेकोले बोरिङ गर्ने काम रोकिएको छ ।
आगोको ज्वाला दन्किरहेको कारण पत्ता लगाउन थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।