चट्टानसहितको ठूलो पहिरो खसेर आइतबार बिहान कालिगण्डकी करिडोर सडक पूर्णरूपमा अवरुद्ध

विविध समाचार

काठमाडौं । गुल्मी जिल्लाको कालिगण्डकी करिडोर सडक आइतबार बिहान बर्लवा र गरगरे गाउँपालिका क्षेत्रमा चट्टानसहितको ठूलो पहिरो खसेर पूर्णरूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार माथिबाट खसेको पहिरोले सडक सम्पूर्ण रूपमा पुरिएकाले सवारी आवागमन ठप्प भएकोहुँदा यात्रु र स्थानीयवासी प्रभावित भएको जानकारी दिएको हो । कालिगण्डकी करिडोर मनसुन सुरु भएसँगै पटक–पटक पहिरोले अवरुद्ध हुने गरेकोले प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेका छन्।

बाटो खुलाउन इलाका प्रहरी चौकी भुर्तुङ गुल्मीबाट प्रहरी सहायक निरीक्षक देवबहादुर भुजेलको नेतृत्वमा प्रहरी टोली खटिएको छ। टोलीले सडक खुलाउने कार्यमा पहल थालेको र स्थानीय सरकारसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *