आदिकवि आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको प्रधानमन्त्री ओलीको तर्क

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम गरेको बताएका छन् ।

भानुजयन्तीको अवसरमा आइतबार शुभकामना व्यक्त गर्दै ओलीले भानुभक्तले नेपाली मनमा रामायण रोपेर गएको उल्लेख गरेका हुन् । उनले ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदिलेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *