राप्रपामा आन्तरिक विवाद बढेपछि नवराज सुवेदी र धवलशम्शेर राणा निर्वाचन आयोगमा

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आन्तरिक विवाद बढेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दिनअघि पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् ।

यसैबीच आज सुवेदी निर्वाचन आयोग पुगेका छन् । सुवेदी सुवेदीसहित राप्रपाका महामन्त्री धवलशम्शेर राणा अहिले निर्वाचन आयोग पुगेका छन् । उनीहरुले निर्वाचन आयोग समक्ष अध्यक्ष लिङदेनले आफुलाई पार्टीको विधान विपरित अनुशासन समितिको अध्यक्षबाट हटाएको उजुरी गर्ने भएका छन् ।

राप्रपाको वर्तमान विवादमा पार्टीका महामन्त्री धवलशम्शेर राणाले आफ्नो नेतृत्वमा अध्यक्ष लिङ्देनविरुद्ध मोर्चाबन्दी शुरु गरेका छन् । शनिबार राणाको नक्सालस्थित सचिवालयमा भएको छलफलमा ५० भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएर आयोगमा उजुरी गर्ने निर्णय गरेका थिए ।

उनीहरुले अध्यक्ष लिङ्देनले पार्टीको विधान विपरीत काम गरेको आरोप लगाएका छन् । राणासहित पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्षस् डा। प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावतीलगायतले अध्यक्ष लिङ्देनले मनोमानी ढंगले निर्णय गर्दै गएको भन्दै असन्तुष्टि जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *