ओली र लेखकलाई कानूनी दायरामा ल्याउन मानव अधिकारको माग

राजनीति समाचार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

आर्इतबार विज्ञप्ति जारी गर्दै शान्ति समाजले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे चिन्ता व्यक्त गर्दै भदौ २३/२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्कालिन प्रधानमन्त्री ओली, तत्कालिन गृहमन्त्री लेखक लगायतलाई कानूनी कारबाही थाल्नुपर्ने बताएको हो ।

विज्ञप्तिमा प्रहरी तथा प्रशासनलाई राजनीतिक छायाबाट मुक्त गरी स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै शान्ति समाजले संवैधानिक तथा न्यायिक निकायमा दलगत भागबन्डाका आधारमा नियुक्ति पाएका व्यक्तिहरूले मार्ग प्रशस्त गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *