पहिरो नखसे आज दिउँसो मुग्लिन नारायणगढ सडकखण्ड सुचारु गर्ने

विविध समाचार

काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण ३८ घण्टादेखि बन्द रहेको सडक खुलाउने प्रयास जारी रहेकोछ ।

मुग्लिनबाट दुई दशमलब पाँच किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको हो । सडक डिभिजन कार्यालयले आज बिहान ६ बजेदेखि नै पहिरो पन्छाउने काम जारी राखेको छ । कार्यालयका इन्जिनियरका अनुसार सुख्खा पहिरो झर्ने क्रम रोकिए आज दिउँसो ३ बजेदेखि सडक सञ्चालन गर्ने बताएको छ ।

अहिले मुग्लिनतर्फबाट दुईवटा र नारायणगढतर्फबाट दुईवटा मेसिनको प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको छ । थप मेसिन लगाउन मिल्ने ठाँउ नभएकोले चारवटा मेसिनमार्फत नै पहिरो पन्छाउने काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *