भण्डारीको पत्रकार सम्मेलनले एमालेभित्र हल्लीखल्ली, एमालेमा भावी अध्यक्षको लागि त्रिपक्षीय भिडन्त

राजनीति समाचार

काठमाडौं । पूर्वराष्ट्रपति तथा एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारीले गत शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो ।

कार्की ब्यङक्युइटमा आयोजना गरिएको पत्रकार सम्मलेनमा सयौं पत्रकार र हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो । सर्वसाधारण भीड खचाखच भइरहँदा एमालेका नेता तथा भ्रातृ एवं जनवर्गी संगठनका पदाधिकारीहरु भने उपस्थित भएका थिएनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भइसकेकाले एमालेको सदस्यता नविकरण गर्न नहुने भनेपछि भण्डारीले पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । पत्रकार सम्मेलनमा भण्डारीले आफूले नेकपा एमालेको सदस्यता लिएको ४५ वर्ष भएको खुलासा गर्नुभएको थियो। सो पत्रकार सम्मलनमा बोल्दै भण्डारीले आफू पदको लागि नभइ समाजसेवाको लागि राजनीतिमा आउन लागेको खुलासा गर्नुभयो ।

भण्डारीको पत्रकार सम्मेलनमा सर्वधारणको भीडले कार्की ब्यङक्यूइट आसपास भरिभराउ थियो । भीडको बीचबाट ‘बहुदलीय जनवाद जिन्दावाद ! नेकपा एमाले जिन्दावाद विद्या भण्डारी जिन्दावाद !!!’ भन्ने नारा पनि घन्किएको थियो । सर्वसाधारणसँगै पत्रकारहरुको पनि ठूलो उपस्थिति देखिन्थ्यो । भण्डारीको एमाले आगमनले पार्टीभित्र नेताहरुबीच गुट, उपगुट खडा हुन थालेको छ । एमालेका अध्यक्ष ओलीको अगाडि खुलेर बोल्न नसकेका अधिकांश नेता, कार्यकर्ताले भित्रभित्रै विद्याको आगमनलाई स्वागत गरिरहेका छन् । केन्द्रदेखि जिल्लाहुँदै स्थानीय तहसम्मका सर्वसाधारण जनतामा विद्याको एमाले आगमनले उत्साह थपिएको देखिन्छ । पूर्वराष्ट्रपति भण्डारीलाई उत्तरी छिमेकी मुलुक चीनले भ्रमण बोलाएर नेपालको कम्युनिस्ट नेताको रुपमा स्थापित गराउन खोजेको देखिन्छ ।

भण्डारी चीन भ्रमणबाट स्वदेश फर्किएपछि एकाएक सक्रिय राजनीतिमा आउनुले एमालेको भावी अध्यक्ष बन्न खोजेको हो,की भन्ने भान एमालेमा देखापरेको छ । यदि भण्डारी एमालेको सक्रिय राजनीतिमा आएको खण्डमा अन्यवामपन्थी दलहरु पनि एकठाउँमा उभिने वातावरण बन्ने आमधारणा रहेको छ । चीनले पनि भित्रभित्रै नेपालको कम्युनिस्ट नेताको रुपमा भण्डारीलाई स्थापित गराउन खोजिरहेको छ । तर, भण्डारीको आगामनले एमालेभित्र ठूलो तरङ्ग छाएको छ । नेताहरुबीच गुटउपगुट खडा भइरहेको छ । भण्डारी एमालेको नेतृत्वमा आएको खण्डमा वामएकताको विषय अगाडि बड्ने र आफ्नो पद धरापमा पर्ने डरले एमालेका केही नेताहरु तिलमिउन थालेका छन् ।

अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले खुलेर राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु नहुने अडान राखिरहेका छन् । तर, अन्य पदाधिकारीहरु कारबाहीमा परिने डरले चुपचाप बसिरहेका छन् । भण्डारी पार्टीमा भित्रिएपछि एमालेभित्र दुई धार देखिएको छ । अध्यक्ष ओली र भण्डारीबीच पार्टीमा आन्तरिक विवाद भइरहने हो भने आगामी २०८४ निर्वाचनमा एमाले कमजोर हुने देखिन्छ । अर्कोतर्फ महासचिव शंकर पोखरेल भावी अध्यक्ष बन्नको लागि भित्रभित्रै खेलिरहेका छन् । त्यसले गर्दा अध्यक्ष ओली र भण्डारीले पार्टीभित्र समन्वयकारी भूमिका निर्वाह गरी पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने कार्यकर्ताहरुले बताउन थालेका छन् ।

एमाले एकढिक्का भएर अगाडि बढेको खण्डमा ८४ को निर्वाचनमा ठूलो दल हुने निश्चि छ । ठूलो दल भएको खण्डमा भावी राष्ट्रपति पनि एमालेले पाउने सम्भावना देखिन्छ । किन कि जिल्लादेखि स्थानीय तहसम्म विद्याको एमाले आगमनले सर्वसाधारणमा नयाँ आशा भरोसा जागेको पाइन्छ । यदि अध्यक्ष ओली र भण्डारीबीच मनमुटाव भएको खण्डमा सर्वसाधारण जनतामा निराशा छाउने र आगामी निर्वाचनमा कार्यकर्ताहरु विभाजित हुने प्रस्ट देखिन्छ । किन कि भण्डारीको राजनीतिक आगमनले उत्साहित भएका सर्वसाधारण जनतामा नैरास्यता उत्पन्न गराउने देखिन्छ । भण्डारीको सक्रिय राजनीतिको पुनरागमनले एमालेलाई घाटाभन्दा फाइदा नै बढी हुने आँकलन कार्यकर्ताले गरेका छन् । भण्डारीको राजनीतिक आगमन आजको आवश्यकता हो भन्नेहरु पनि त्यत्तिकै छन् । त्यसैले गर्दा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच आन्तरिक टसल होइन समन्वयकारी भूमिका आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *