काठमाडौं । कांग्रेसले पन्ध्रौं महाधिवेशन गर्ने टुङ्गा अझैें छैन । केही नेताहरुले २०८३ साल भदौतिर गर्ने भित्रि मनसाय बनाएतापनि त्यो निश्चित भैसकेको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको ध्यान महाधिवेशन गर्नेतिर ध्यान गएको छैन ।
सरकारमा बसेर जनगतालाई राहात दिने काम पनि गर्न सकेको छैन । डा. शेखर गुटबाट महामन्त्री भएका गगन थापाको आर्थिक हैसियत जर्मनमा होटेलमा लगानी गर्नेदेखि स्वास्थ्यमन्त्री बन्दा स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचार नै छर्लङ्ग भएको छ । माफिया विशाल पण्डितकै योजनामा पुन उपकरण खरिद गर्न आरजुको निर्देशन नमान्दा मोहन बस्नेतलाई टेराम्स काण्ड लगाइएपछि संस्थापन पक्ष रुष्ट बन्न पुगेको हो ।
डा शेखरले सरकारको नेतृत्व फेरौँ, यो गठबन्धन तोडौं, सरकार बन्दाको सात बुँदामध्ये पहिलो बुँदा कार्यान्वयन भयो, दोस्रो बुँदा कार्यान्वयन हुने छाँट भएन, प्रधानमन्त्रीकै कारण दुईतिहाइबाट सरकार बहुमतमा सीमित भयो भन्दा संस्थापनले मानेको छैन । सभापति देउवाको ठाउँमा संसदीय दलमा आउन खोजेका डा. शेखरले ८८ सांसदमध्ये ४५ पु-याउने अवस्था छैन । गगन थापा संसदीय दलको उम्मेदवार बन्दा १० जना सांसदले मत दिएनन् । शेखर प्रति नै शङ्का गर्दै थापाले छुट्टै गुट बनाएका छन्, तर उमेर हद र अनुभवमा विश्वास छैन ।
कांग्रेसका वृद्ध नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, अख्तियारले डामेका विजय गच्छदार, विमलेन्द्र निधि, पूर्व महामन्त्री कृष्ण सिटौला संस्थापनकोे बैठक चाक्सीबारीदेखि बुढानीलकण्ठसम्म बसेको छ । जुन बैठकमा प्रवक्ता प्रकाश शरण महत साक्षी थिए ।

