कोदो उत्पादन बढाउन र कोदोका परिकारहरु उपभोग गर्न प्रधानमन्त्री ओलीद्वारा आग्रह

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो उत्पादन बढाउन र कोदोका परिकारहरु उपभोग गर्न आग्रह गरेका छन् ।

आज कोदो दिवसको अवसरमा प्रधानमन्त्री ओलीले सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख अग्रेका छन् ।

उनले,‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ । ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ । सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ । कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं ! कोदो दिवसको शुभकामना ! व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *