विकसीत राष्ट्रहरूमा विज्ञहरूले गरेको चमत्कार बारे प्राय जसो सबैले जानकारी पाउने गरेका छन् ।
पृथ्वीमा लोप भइसकेका जनावरहरूको जीवावशेष प्रयोग गरी विभिन्न जनावरहरूलाई पुनः जन्म दिने बारे होडबाजी चलिरहेको बेला अर्को तर्फ पृथ्वीमा पाईने जिवजन्तुहरूको लोप हुने जोखिम एकदमै बढ्दो अवस्थामा रहेको छ । त्यस सम्बन्धी विश्वको ध्यान जान सकिराखेको छैन ।
पछिल्लो समय एउटा समाचारले सबैको ध्यान आकर्षित गरेको छ जुन अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरूले जेनेटिक सम्पादनको प्रयोग गरेर डायर उल्फको तीन वटा बच्चा उत्पादन गरेको भन्दै विभिन्न ठूला सञ्चार माध्यमहरूले यस विषयलाई प्राथमिकता दिएर कभर पेजमा समाचार सम्प्रेशण गरेको पाइन्छ ।
विश्व इतिहासमा वैज्ञानिकहरूले कुनै पनि लोप भइसकेका प्रजातिलाई पुनः फिर्ता ल्याएको यो पहिलो घटना हो । तर स्वतन्त्र विज्ञहरूले यी नयाँ उत्पादन लोप भइसकेका भयानक ब्वाँसो नभई खैरो ब्वाँसोको परिमार्जित रूपमा रहेको जनाएका छन् । दश हजार वर्ष अघिसम्म अमेरिकी महादेशमा पाइने यो ब्वाँसो अमेरिकामा पाइने कुकुर वर्गका अरू जनावरभन्दा ठूला थिए । गेम अफ थ्रोन्सको काल्पनिक भूमिकाले यो प्रजातिको ब्वाँसोलाई चर्चित बनाएको थियो ।
एघार हजार पाँच सय वर्ष पुरानो जीवावशेषमा पाइने प्राचीन डीएनएबाट डायर उल्फको जीनबारे जानकारी लिएका थिए । त्यसपछि डायर उल्फको सबैभन्दा नजिकको जीवित नातेदार खैरो ब्वाँसोको जीन परिवर्तन गरिएको छ । सरोगेट मदरका रूपमा घरपालुवा कुकुरलाई प्रयोग गरिएको छ । मानव जातिको विकास नहुँदा नै लोप भैसकेका प्रजातिहरूको शतप्रतिसत डिएनए भने मिलेको हुँदैन । तर, यसमा अझैं अर्को के प्रश्न खडा हुन्छ भने यत्रो ठूलो धन राशि खर्चिएर गैर प्राकृतिक रुपमा जिवन दान दिँदा उनिहरूको स्वतन्त्रताप्रति गम्भीर असर पर्नुको साथै उनिहरूको भरण, पोषणमा अझ ठूलो मात्रामा धन खर्च हुने देखिन्छ ।
यस पृथ्वीमा उपस्थित करिब लोप हुने कगारमा रहेका जिवप्रति भने कसैले खासै ध्यान दिएको पाइँदैन । अहिले पृथ्वीमा नरहेका जिवाशमालाई कसरी पुनः जिवन दिई चर्चा कमाउने र आफुलाई अब्बल राष्ट्रको रुपमा स्थापित गर्नेतिर मात्रै विकसीत राष्ट्रहरूको ध्यान गएको छ । कि न कि अहिले को परिवेश अनुकुल वातावरणमा पाइने जिवको प्रजातिहरूको जिवन विभिन्न कारणले समाप्त हुँदै गएको अवस्थामा पुगेकाले त्यसलाई कसरी संरक्षण गर्ने भन्नेतिर कसैको नजर न पुग्दा कतै न कतै विश्व सन्तुलनमा यसले ठूलो असर त पारिरहेको छैन ? लोप हुनेमा मौरी, कछुवा, पुतली, चराहरू रहेका छन् । यीनीहरूको लोप हुनु भनेको सम्पूर्ण मानव जातिको लोप हुनु हो ।
अहिले विश्वभरी पाइने मौरी,पुतली र चराको संख्यामा आएको कमीका कारण खाद्यान्न बालीमा नपुसङ्गको जोखिम उच्च हुँदा,शत्रु जीवको कारणले खाद्यान्न बालीमा कमी आइरहेको छ,भने कछुवाले जलीय प्रणालीमा परागसेचनाको पनि भूमिका गर्ने हुँदा उत्पादन बढाउन सहयोग गर्छ । कछुवाले स–साना जीवजन्तु खाने र कछुवालाई अन्य जीवजन्तुले खाने गर्छ । यसले खाद्य चक्र सन्तुलन गरिरहेको हुन्छ । कछुवाले पानीमा रहेको फोहोर र सडेगलेका जीवजन्तु खान्छ ।
जमिनको कुचीकार गिद्ध भए जस्तै पानीको कुचीकार कछुवा हो । अव्यवस्थित विकास र मानवीय स्वभावका कारण अहिले यस्ता जिवजन्तुहरू खतराको सूचीमा रहेका छन् । दुख लाग्दो यसमा के, छ भने नेपालमा पाइने ९० प्रतिशत बढी कछुवा खतराको सूचीमा छन् ।यतिमात्र होइन वातावरण सन्तुलन बनाउने जङ्गली जनावर मात्र नभई घरपालुवा जनावर पनि विभिन्न कारणले जोखिमको उच्च सिकार भईरहेका छन् जस्तै बासस्थान नाश हुनु तथा टुक्रिनु, बाह्य मिचाहा प्रजातिले प्रवेश पाउनु, र भूउपयोग परिवर्तन हुनु ।
त्यसैगरी, अन्य कारणहरूमा जलवायु परिवर्तन, बढ्दो सहरीकरण, गैरकानुनी शिकार, प्राकृतिक स्रोतको अत्यधिक दोहन, आगलागी, अत्याधिक चरिचरन, मानव र वन्यजन्तुको द्वन्द्व रहेका छन् । यस्ता गतिविधिको कारणले जिवहरूको मास्सिने क्रम बढ्दो रहेको छ ,यसलाई बचाउनु प्रकृति हिसाबले पनि मानव जातिको लागि फाइदाजनक नै रहेको देखिन्छ ना, की पृथ्वी मै नभएको अहिले पुस्तक, चलचित्रमा सिमित रहेका जिवजन्तुलाई पुनः जिवन दान दिनुनै ठिक । ठूलो मात्रामा धन राशि खर्चिएर कल्पनालाई जिवित गराउनु भनेको गैर कानुनी मात्र नभई विश्वको लागि खतरा बढाउने बाहेक अरु त्यसको कुनै औचित्य देखिँदैन ।

