बानियाँ एमालेको समर्थनमा बागमतीको नयाँ मुख्यमन्त्री बन्दै,एमालेबाट मन्त्री बन्नेको नाम टुंगियो

राजनीति समाचार

काठमाडौं । बागमती प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ ।

आज कांग्रेस संसदीय दलका नेता एवं प्रदेश सभापति इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्दै छन् । प्रदेश प्रमुखले आज २ बजेसम्म मुख्यमन्त्रीका लागि दाबि पेश गर्न आव्हान गरे बमोजिम बानियाँ एमालेको समर्थनमा मुख्यमन्त्री बन्दैछन् ।

यसैबीच एमालेबाट मन्त्री बनेहरुको नाम टुंगिएको छ । एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मधे ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुशोधन पौडेलले कृषि मन्त्रालय, भरत केशीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा.दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *