काठमाडौं। आज आइपिएल अन्तर्गत एक खेल हुँदैछ । आज लखनउ सुपर जाइन्ट र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुँदैछ ।
लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुँदैछ । रोयल च्यालेन्जर्स बैंगलुरु ११ खेलमा १६ अंकसहित प्लेअफको नजिक रहेको छ । सम्भवत यो खेल जितेमा बैंगलुरु प्लेअफका लागि छनौट हुने छ । त्यस्तै अर्कोतर्फ लखनउको भने ११ खेलमा १० अंक रहेको छ र प्लेअफमा पुग्ने सम्भावना लगभग सकिएको छ । लखनउले यो खेलसहित खेल्न बाँकी तीन खेल जितेमा पनि अन्य टिमको प्रदर्शनपछि मात्र प्लेअफको बाटो स्पष्ट हुने छ ।
यस सिजनमा लखनउ र रोयल च्यालेन्जर्सबीच हुन लागेको यो पहिलो खेल हो ।