काठमाडौं । आजदेखि शुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।
समूह ‘ए’मा रहेको नेपाल र भुटानले थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे आफ्नो पहिलो एसियन कप छनोट खेल खेल्ने भएका छन् । केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको थियो । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

