बहुविवाहको विधेयकले सामाजिक मूल्य र मान्यतामा कुनैपनि असर नगर्ने मन्त्री चौरासियाको तर्क

राजनीति समाचार

काठमाडौं । सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहको विधेयक सदनमा पेस नहुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकका क्रममा आकस्मिक र शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार समामुख देवराज घिमिरेसँग समय मागेका कानूनमन्त्री चौरसियाले यस्तो बताएका हुन् । मन्त्री चौरसियाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनुमानको आधारमा विभिन्न व्याख्या गरिनाले आम मानिसको बुझाइमा अन्योलता र आक्रोश सिर्जना भएको गुनासो व्यक्त गरेका छन् ।

कानूनमन्त्री चौरसियाले मन्त्रिपरिषद्को विधेयक समितिमा विधेयकको मस्यौदा विचाराधीन रहेकै अवस्थामा केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको विषयमा सांसदहरूले चासो व्यक्त गरी उठाएका प्रश्नमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *