काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले २०४८ सालको चुनाव प्रचार प्रसार गरेको घरमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कार्यालय स्थापनाको तयारी गरेकी छिन् ।
उनले काठमाडौंको थापा गाउँस्थित मण्डला नाटक घरनजिकैको घरमा आफ्नो सम्पर्क कार्यालय खोलेकी हुन् ।सोही घरमा अबको केही दिनमै कार्यालय उद्घाटन गरिने भएको छ । उक्त घर मदन भण्डारी फाउन्डेशनको नाममा भाडामा लिइएको थियो । अब भण्डारीले त्यसलाई सम्पर्क कार्यालयका रुपमा उपयोग गर्न लागेकी हुन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति समेत बनेको छ ।

