गाजालाई नियन्त्रण लिने योजना इजरायली सुरक्षा क्याबिनेटबाट अनुमोदन

विविध समाचार

काठमाडौं । इजरायलले गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ ।

शुक्रबार बसेको इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको हो ।

मन्त्रिपरिषद्ले यसलाई बहुमतले पारित गरेको इजरायली मिडियाहरुले उल्लेख गरेका छन् । यस योजना अनुसार इजराली सेनाले युद्ध क्षेत्र बाहिरका नागरिकहरूलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्ने बताइएको छ ।

इजरायलले प्रमुख रुपमा हमासको निशस्त्रीकरण, सबै बन्धकहरूको फिर्ता, गाजाको निशस्त्रीकरण, गाजामा इजरायलको सुरक्षा नियन्त्रण हमास र प्यालेस्टिनी प्राधिकरण–मुक्त वैकल्पिक नागरिक सरकारलाई प्राथमिकता दिएर आगामी कारवाही गर्ने बताएको छ ।

यस अघि प्रधानमन्त्री नेतान्याहूले एक अन्तर्वार्तामा गाजामा नियन्त्रण चाहेको बताउँदै गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *