काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो । सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौंलगायतका स्थानमा जानेरआउने सवारी साधन रोकिएका छन् ।
निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।
