सिद्धार्थ बैंकमा ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा,प्रतिशेयर २४ प्रतिशत बराबर

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिद्धार्थ बैंकको नाफामा सुधार आएको छ ।

बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०८१र८२ को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको हो ।

यो प्रतिशेयर २४.१० प्रतिशत बराबर हो । बैंकको नाफा बढ्नुमा व्याज आम्दानी तथा शुल्क तथा ब्याज आम्दानीमा आएको सुधार नै मुख्य कारण देखिएको छ । यो अवधिमा बैंकले ८ अर्ब ४३ करोड खुद ब्याज आम्दानी, १ अर्ब ६४ करोड बराबरको शुल्क तथा ब्या आम्दानीतर्फ आर्जन गरेको छ ।

यो वर्ष बैंकको कर्मचारी खर्च, सञ्चालन खर्च लगायत समेत सामान्य बढेको छ । निष्क्रिय कर्जा अनुपात बढ्दा इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसका बाबजुद बैंकको नाफा बढेको हो । नाफा उच्च देखिए पनि बैंकको वितरणयोग्य केही कम छ । यो वर्ष बैंकले १ अर्ब ८६ करोड रुपैयाँ मात्रै लाभांश वितरण गर्न सक्ने देखिएको छ । यो प्रतिशेयर १३.२२ रुपैयाँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *