म्युचुअल फन्डले २० प्रतिशत लाभांश दिने घोषणा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् ।

म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को प्रतिइकाइ २ रुपैयाँ हुन्छ । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।

१९/२० प्रतिशत लाभांश घोषणा गरेका योजनाको मूल्य बजारमा प्रतिइकाइ साढे ११ रुपैयाँ हाराहारी छ । खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु) का आधारमा यी योजना १५/२० प्रतिशत छुटमा पाइने गरेको छ । एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको लाभांश पनि उल्लेख्य छ ।

थोरै लाभांश दिएका योजनाको बजार मूल्य अंकित मूल्यभन्दा पनि कम छ । अंकित मूल्य १० मा जारी भएका र अहिले ५र७ प्रतिशत लाभांश घोषणा गरेका इकाइको मूल्य साढे ९ देखि १० रुपैयाँसम्म छ । खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *