नेपालको अर्थतन्त्र मारवाडीहरुको कब्जामा !

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । नेपालमा मारवाडीहरुले उद्योग सञ्चाल गर्नेदेखि व्यापार व्यावसायमा सञ्जाल फैलाएका छन् । पछिल्लो समय नेपालको अर्थतन्त्र मारवाडीहरुको हातमा पुगिसकेको छ । पैसा मात्रै होइन नेपालका अधिकांश महंगा जग्गाहरु पनि मारवाडीहरुले कब्जा गरिसकेका छन् ।

बैंक-वित्तीय संस्थादेखि इन्स्योरेन्स कम्पनीसम्म मारवाडीको कब्जामा पुगेको छ । माडवारीहरुले व्यापार व्यावसाय मात्रै गरेका छैनन् । अस्पताल खोल्नेदेखि आयुर्बेद औषधिको नाममा समेत सर्वसाधारण नेपालीलाई ठग्दै आएका छन् । तत्कालीन कोरोनाको समयमा मारवाडी सेवासमितिले भारतबाट आयुर्बेद औषधि झिएकार नेपालमा विक्रीवितरण गर्नसमेत भ्याएको थियो ।

त्यतिबेला उनीहरुले एलोपेथिक भन्दा मारवाडीहरुले उत्पादन गरेको आयुर्बेद औषधिले कोरोना निको हुने दावी गरेका थिए । आयुर्बेद औषधि उत्पादन गर्ने नाममा नेपालका महत्वपूर्ण जडीबूटी भारत निर्यात गर्ने काम भइरहेको छ । त्यसँगै अधिकांश मारवाडीहरुले नेपालमा उद्योग धन्दा सञ्चालन गरी राज्यलाई अर्बौंको राजस्व छली गरिरहेका छन् । पछिल्लो समय भारतबाट आएका मारवाडीहरुले नेपालको अर्थतन्त्रमाथि एकछत्र कब्जा जमाएका छन् ।

देशको सिंगो अर्थतन्त्रमाथि मारवाडीहरुले कब्जा जमउनुको मुख्य कारण नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बनेका छन् । मारवाडीहरुले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई कमिसन दिएर सामानुपातिक सांसद बनाउने, व्यापार व्यवसाय र उद्योग धन्दा सञ्चालन गर्न सघाउने देखि सरकारी जग्गा हडप्ने काममा सहयोग पु¥याउने काम गर्दै आएका थिए । उदाहरणको लागि हजुरबाबुको पालामा लोहोटा बोकेर नेपाल आएका मित्तल लालहरुले नेपालमा व्यापार सञ्चालन गर्दै आएका थिए । उनै मित्तललाल हरुको सिको गर्दै बिनोद चौधरीले पनि विभिन्न उद्योग धन्दा सञ्चालनमा ल्याएका थिए । केही उद्योग धन्दा सञ्चालन गर्ने नाममा नेपाल सरकारलाई गुम्राहामा पार िरातारात अरबपति बन्न पुगेका थिए ।

चौधरीले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा र राजा वीरेन्द्रको नाममा रहेको अधिकांश सरकारी जग्गा हडप्न सफल भएका थिए । राजा वीरेन्द्रको वंश नास भएपछि विभिन्न राजनीतिक दलका नेताहरुलाई निर्वाचनमा सहयोग गरेबापत अधिकांश सरकारी जग्गा हडप्न चौधरी सफल हुँदै आएका छन् । चौधरी कहिले एमालेबाट समानुपातिक सांसद बन्छन् त कहिले नेपाली कांग्रेसबाट सांसद बन्ने र त्यसको आडमा सरकारी जग्गा हडप्दै आएका थिए ।

सांसद पदको आडमा भन्सार र राजस्व छली गरी अवैध सामान वसारपसार गर्नेदेखि, सरकारी जग्गा कब्जा गर्ने र विभिन्न सरकारी कलकारखानाहरु आफ्नो नाममा ल्याएर अकुत सम्पत्ति आर्जन गरेपछि चौधरी विश्वको धनी सुचिमा नाम दर्ज गराउन सफल भएका थिए । अहिले त चौधरी नेपाली कांग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसदसँगै पार्टीको केन्द्रीय सदस्यमा समेत निर्वाचित भइसकेका छन् ।

कांग्रेसको केन्द्रीय सदस्य र सांसद भएपछि सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई समेत गुमराहमा पार्दै लगेका छन् । अर्काेतिर विनोद चौधरीको सिको सिक्दै र राजनीतिक दलहरुलाई गुमराहमा पार्दै हुण्डी कारोबारबाट अकुत सम्पत्ति आर्जन गरेका उद्योगी चन्द्रप्रसाद ढकाल कर छलीमा पनि त्यत्तिकै संलग्न रहेका छन् ।

उनै ढकाललाई नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल र गृहसचिव गोकर्णमणि दुवाडीले साथ दिँदै आएको बताइन्छ । ढकालले सञ्चालन गरेको आईएमई रेमिट्यान्सबाट हुने डलर र हुन्डीको कारोबारले सिमा नाग्दै गएको स्रोतले उल्लेख गरेको छ । तर, राज्यका सम्बन्धित निकायहरुले यस्ता अवैध कारोबारमा संलग्न उद्योगी र व्यापारीहरुलाई कारबाही गर्न सकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *