गगनलाई उक्साउदै राष्ट्रपति पौडेल

राजनीति समाचार

कांग्रेसभित्रको झगडाले लोकतन्त्र नै खतरामा
काठमाडौं । नेपालको संविधान २०७२ जारी गर्दा दक्षिण छिमेकी कुलुक भारतले रुचाएको थिएन । भारतलाई रुची नहुँदानहुँदै पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ सजारी गरेका थिए । सो संविधानमा हिन्दूधर्म हटाएर धर्मनिरपेक्षता घुसाएकै कारण भारत चिढिँएको थियो । त्यसयता नेपालको राजनीतिमा विभिन्न तर्कवितर्कहरु चुलिँदै आएका छन् ।

नेपालाई धर्मनिरपेक्ष्य राष्ट्र बनाउनको लागि राष्ट्रिय परिवार दलका अध्यक्ष एकनाथ ढकालमार्फत् संविधानमा धर्मनिरपेक्ष्यता घुसाएको आरोप छ । त्यसमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला, एमाले नेता सुवास नेम्वाङ र माधव कुमार नेपाल लागिपरेको बताइन्छ । यिनै नेताहरुको जोडबलमा नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष राष्ट्र घुसाएर संविधान जारी गरिएको थियो । आज त्यसकै फलस्वरुप नेपाल विदेशीहरुको खेलमैदान बनेको छ ।

नेपाललाई धर्मनिरपेक्ष्य राष्ट्र बनाउनको लागि कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइराला र सुशील कोइरालालाई पनि गुमराहमा पारिएको थियो । नेपालमा धर्मनिरपेक्ष्यता कायम भएसँगै पश्चिमा राष्ट्रहरुले खेल्न सुरु गरेका थिए । आज तिनै विदेशीको इसारामा नेपालका राजनीतिक दलका नेताहरु नतमस्तक हुँदा नेपाल विदेशीहरुको रणभूमि बन्ने खतरा बढ्दै गएको छ । त्यसले गर्दा नेपालका वामपन्थी शक्तिहरु छिन्नभिन्न भएका छन् भने कांग्रस पनि गुमनाम हुने अवस्थातिर पुगेको छ । यतिबेला कांग्रेसभित्र संस्थापन र इतरपक्षबीच घमासान युद्ध चर्किएको छ । तत्कालीन सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनका सभापति गगन कुमार थापाबीचको लडाईँले अन्य नेता कार्यकर्ता अलमलमा परिरहेका छन् ।

कांग्रेसको गत १४ महाधिवेशनमा नै भारतले डा.शेखर कोइरालालाई सभापति बनाउने इच्छा गरेृको थियो । तर, कांग्रेसभित्रको गुटगत झगडाले गर्दा त्यो सफल हुन सकेन । कांग्रेसका तत्कालीन वरिष्ठ नेता (हालका राष्ट्रपति) रामचन्द्र पौडेलले धोका दिँदा पुनः शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका थिए । १४ महाधिवशेनमा रामचन्द्र पौडेल आफू सभापति नहुने भएपछि कोइराला गुटलाई धोका दिएर शेरबहादुरलाई सघाउन पुगेका थिए । त्यसको पुरस्कार स्वरुप शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएका थिए । यदि शेरबहादुर देउवाले नचाहेको भए रामचन्द्र पौडेल कुनै हालतमा राष्ट्रपति बन्ने थिएनन् ।

जेनजी आन्दोलनपछि तीनै रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई धोका दिएर तत्कालीन महामन्त्री गगन कुमार थापालाई विशेष महाधिवेशन गरेर देउवालाई कांग्रेसबाट हटाउन उकासेका थिए । तत्कालीन संस्थापन देउवा पक्षले विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोगमा उजुरी गर्दा पनि त्यसको कुनै सुनुवाइ नगरी गगन थापाको पक्षमा चुनाव चिन्ह रुख र चारतारे झन्ड उपलब्ध गराए आधिकारिता प्रदान गरेको थियो । निर्वाचन आयोगलाई चु्नाव चिन्ह रुख र चारतारे झण्डा गगनको पक्षमा दिलाउन राष्ट्रपति रामचन्द्र पौडेलको समेत भूमिका रहेको बताइन्छ ।

अहिले फरि गगनलाई सहयोग गर्न तत्कालीन नेता कृष्ण प्रसाद भट्टराईका अनुयायी पूर्णबहादुर खड्कालाई प्रयोग गर्न थालेका छन् । नेपाली कांग्रेस गुटमा विभाजित गरेर छिन्नभिन्न बनाउने ‘ग्राण्डडिइन’ गगन थापाले गरेका थिए भने त्यसलाई मलजल गर्ने काम रामचन्द्र पौडेलले गरिरहेको बुझिन्छ । किन कि जेनजी आन्दोलनका बेला आफ्नो राष्ट्रपति पदसमेत धरापमा पर्ने देखेर गगन थापाको माध्यामबाट सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग पुग्ने भूमिका खेल्दै आएका थिए । त्यसको परिणामस्वरुप विशेष महाधिवेशन गर्न गगनलाई उकासेर प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई भाग लिन वाध्य बनाएका थिए ।

कांग्रेसकै आडभरोसामा राष्ट्रपति बनेका पौडेलले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउन खेल खेल्नुपर्नेमा त्यो नगरी उल्टै पार्टीलाई संकट परेको बेला विशेष महाधिवेशन गराएर कांग्रेसलाई दुई धारमा विजन गराउने खेल खेलेको कांग्रेसभित्र चर्चा चल्न थालेको छ । एकातिर कांग्रेसको आधिकतारिकता सम्बन्धी परेको रिटको पुनरावलोकनको लागि सर्वोच्चले तत्कालीन सभापति शेरबहादुर देृउवालाई निशा दिएको छ भने अर्कोतिर दुवै पक्ष महाधिवेशन गर्ने तयारीमा जुटेका छन् ।

त्यसैले यतिबेला कांग्रेसभित्र धर्मनिरपेक्ष्यता र हिन्दूधर्मको विषय पेचिलो बनेको छ । विशेष महाधिवेशनबाट सभापति बनेक गगन थापा पक्षधरहरु धर्मनिरपेक्ष्यताको पक्षमा उभिएका छन् भने पूर्वसभापति शेरबहादुर देउवा हिन्दूधर्मको एजेन्डा लिएर अगाडि बढेका छन् । अब कांग्रेसभित्र गुटउपगुटसँगै धर्मनिरपेक्ष्यता र हिन्दूधर्म पक्षधरको लडाईँ सुरु भएको छ । कांग्रेसभित्र यस्तै गुटगत झगडा मच्चिइरहने हो भने आगामी स्थानीय र प्रदेश निर्वाचनमा कांग्रेसको पराजयसँगै लोकतन्त्र नै खतरामा पर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *